Type to search

मुख्य समाचार

नेपालमा लगातार तीन वटा भूकम्प

Share

काठमाडौं, ५ जेठ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालमा बुधबार बिहान लगातार तीन वटा भूकम्प गएको जनाएको छ ।

केन्द्रका भरत कोइरालाका अनुसार लम्जुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्रविन्दु बनाएर बुधबार बिहान लगातार तीन वटा भूकम्प गएको बताए । उनले २०७२ सालकै भूकम्पको निरन्तरता रहेको जनाएका छन् ।

बुधबार बिहान ०५ः४२ मिटमा ५.८ रेक्टरस्केलको पहिलो भूकम्पको धक्का गएको थियो । दोस्रो धक्का ०८ः१६ मिनटमा ४ रेक्टरस्केलको भूकम्पको धक्का आएको कोइरालाले बताए । भूकम्पको तेस्रो धक्का ०८ः२६ मिनटमा ५.३ रेक्टरस्केलको गएको छ ।

तीन वटै भूकम्पको धक्का लम्जुङ जिल्लालाई केन्द्र बनाएका छन् । ५.३ रेक्टरस्केलको भूकम्पले भुलभुले र बाँझाखेतलाई केन्द्र बनाएको छ । ५ रेक्टरस्केलको भूकम्पले सिम्पानी र चण्डीस्थानलाई केन्द्रविन्दु बनाएको छ । ५.८ रेक्टरस्केलको भूकम्पले भुलभुले र बाँझखेतलाई नै केन्द्र बनाएको छ ।

यसैबीच, लमजुङमा भूकम्पका कारण केही घर भत्किएका छन् । भूकम्पमा परेर केही स्थानीय घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताएका छन् । केही घरमा क्षति पुगेको र केही स्थानीय घाइते भएको गुरुङले बताएका छन् ।

भूकम्पले पुर्‍याएको क्षतिको तथ्याङक आउन अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *