Type to search

मुख्य समाचार

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

Share

काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ उत्परिवर्तन (म्युटेसन) के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप नयाँ भेरियन्ट भेटिएको पुष्टि भएको हो ।मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको जनाए ।यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *