Type to search

मुख्य समाचार

नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, १,३८० संक्रमित थपिए

Share

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ ।

१,३८० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

नौ हजार ३६८ नमुना परीक्षण गर्दा ८३४ पुरुष र ५४६ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ ।

थप ५१५ कोरोनामुक्त
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा देशभरमा ५१५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या दुई लाख ११ हजार १८६ पुगेको छ ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका शनिबार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *