Type to search

मुख्य समाचार

नयाँ बसपार्कका टिकट काउन्टर बुधबारदेखि बन्द हुँदै

Share

काठमाडौं, ३० चैत । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएको छ ।बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नाका लागि काउन्टर बन्द गर्न लागिएको हो ।

नयाँ बसपार्कभित्र हाल ३५ वटा टिकट काउन्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउन्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।

उक्त बसपार्कबाट हाल देशभरका ६५ वटा भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *