Type to search

मुख्य समाचार

थप ५९३ जनामा कोरोना संक्रमण

Share

काठमाडौं, असार १२ । शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जनाए ।

कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पाल्पामा ७६ , दाङमा ७५ , रौतटहमा ५१ , डोटीमा ४६ , कञ्चनपुरमा ४२ , कैलालीमा ३१ , बाजुरामा २७ , वैतडीमा २५ , गुल्मी र नवलपरासी पूर्वमा २३र२३ जना ,कपिलवस्तुमा २१ , प्युठानमा २० , सुर्खेतमा १२ , धनुषामा १३ , चितवनमा १२ , सुनसरीमा १० , बझाङ्मा ९ , गोरखा ६ , सिराहा ६ , सिन्धुली ६ , रुपन्देही ६ र लमजुङ्मा ६ जना , दैलेखमा ५ जना , सल्यान ४, महोत्तरी ४ ,झापा ४ र स्याङ्न्जामा ४ जना , जुम्ला ३ , अर्गाखाची ३ , दार्चुला ३ र काठमाडौमा ३ जना , अछाम २ , जाजरकोट २ , तनहु २ , कास्की २ , मोरङ् २ र वारामा २ जना , नवलपरासी पश्चिम १ , नुवाकोटमा १ जनामा संक्रमण देखिएको छ ।


शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । नेपालमा कोरोना जित्नेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।संक्रमण नेपालका ७६ जिल्लामा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *