Type to search

मुख्य समाचार

त्रिवि शिक्षण अस्पतालमा कोरोना देखिएपछि उच्च सतर्कता

Share

काठमाडौं, जेठ । एक साता अघि न्युरो सर्जरी वार्डमा उपचारका लागि भर्ना भएकी ६ बर्षिया बालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सिल गर्ने तयारी भएको छ ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणमा कपिलबस्तुबाट ल्याइएकी बालिकामा कोरोना पोजेटिभ देखिएको थियो । बालिका रहेको वार्ड सिल गर्ने काममा अस्पताल जुटेको छ । अस्पतालका निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले अस्पतालका उच्च अधिकारीसँग परामर्श गरेका छन् ।

बालिकालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाउने विषयमा पनि परामर्श चलेको बताइन्छ । कतिपयले भने त्यहिँ राखेर उपचार गर्नुपर्ने बताएका थिए ।

यसैबीच, त्रिवि शिक्षण अस्पताल क्षेत्रमा नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बालिकामार्फत अन्यमा कोरोना संक्रमण पुष्टि भएको खण्डमा पुरै अस्पताल नै सिल गर्नुपर्ने अवस्था आउने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *