Type to search

मुख्य समाचार

टुकाेनकाे अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे शुभकामना

Share

मिति ः– २०७८÷१÷१७
प्रेस विज्ञप्ती

प्राकृतीक प्रकोप भन्ने विषय संकेत दिएर आउने त होईन । पहिलो चरणको महामारीमा राज्यले कठोर परिस्थितीको सामना गर्नुपरेको अनुभव थियो तर यस विषम परिस्थीतीलाई समयमै ध्यान पु¥याउँदै समय अनुकुल अरू देशहरुमा कोभिड १९ ले दोस्रो चरणमा पारेको प्रभावको अनुसरण गर्दै बेलैमा क्षेत्रगत रूपमा सावधानी नअपनाउँदा आज भयावह स्थिती व्यहोर्नु पर्दैछ, अझ स्थिती भयावह बन्दैछ ।
यस कठिन परिस्थीमा टुकोनले भर्खरै प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न गरेको अवस्थामा हामी अन्तराष्ट्रिय श्रमिक दिवस भव्य रूपमा मनाउने तयारीमा जुट्दै गर्दा दोस्रो चरणको महामारीको कारण यस वर्षको श्रमिक दिवस प्रतिकूल समयको बावजुद मा यसै विज्ञप्ती मार्फत देश, विदेशमा रहनुहुने श्रमिक दाजुभाई दिदी बहिनीहरूमा शुभकामना दिन चाहन्छौं । सुरक्षित, धैर्य, आत्मबल बढाएर बस्न पनी हार्दिक आह्वान गर्दै यस कोरोना महामारीलाई सबै मिलेर परास्त पारौं आगामी वर्ष हर्षोल्लासको रूपमा मनाउने नै छौं ।

यस विषम परिस्थितीलाई मध्यनजर राख्दै १३२ औं मे दिवसको उपलक्ष्यमा विज्ञप्तीमार्फत राज्य र सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण समेत गराउन चाहन्छौं ।
१. कोरोना परिक्षणको दायरा फराकिलो र सुरक्षित बनाईयोस् ।
२. स्वास्थ्य सामग्री छिटो भन्दा छिटो उपलब्ध गराउदै सबै नेपालीहरूमा खोप सर्वसुलभ उपलब्ध गराईयोस् ।
३. परिस्थिती भयावह बन्दैछ, सबै क्षेत्रका श्रमिकहरूमा राहत प्याकेजको व्यवस्था तत्काल मिलाईयोस् । यसका लागि सरकारलाई आवश्यक सहयोग गर्न टुकोन तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
४. राहत प्याकेज सर्वसुलभ रूपमा स्थानीय तहबाट सञ्चालन होस्, काखापाखाको परिस्थिती देखियो भने परिस्थिती नियन्त्रण भन्दा बाहिर जानेछ भन्ने हाम्रो ठहर छ ।
५. स्थानीय तहमा अस्थायी रूपमा रोजगारीको सृजना गरी मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चितता गरियोस् ।
६. उद्योग कलकारखाना, संघ, संस्थाहरूमा काम गर्ने श्रमिकहरूलाई उचित प्रबन्धको व्यवस्था मिलाउँदै यस महामारीको नाममा रोजगारबाट वञ्चित नपारियोस् ।
७. सरोकारवाला उद्योग वाणिज्य महासंघ, सिएनआई, चेम्बर अफ कमर्स, रोजगारदाता, आई एल ओ लगायत संस्थाहरूले यस संकटको घडीमा मानवियता देखाई कामकारवाही अगाडी बढाई दिनहुन हार्दिक अपिल गर्दछौं ।

हिक्मत जंग भण्डारी
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *