Type to search

मुख्य समाचार

कोरोना संक्रमणबाट गुल्मीका शिक्षकको मृत्यु

Share

बुटवल । कोरोना भाइरस संक्रमण भइ बुटवलको एक अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ ।गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।

सामाजिक विकास मन्त्रलयले श्रद्धान्जली दिंदै ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं’ भनेको छ ।सामाजिक विकास मन्त्री सुदर्शन बरालले कंगे देउराली आधारभूत विद्यालयका प्राध्यापक समेत रहनुभएका उहाँको निधनले अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान मृत्यु भएको डा. चौधरीले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।लामो समयदेखि जन्डिसको बिमारी रहेका उनलाई गाँउका स्थानीय स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।

गाँउमा गरेको उपचारले निको नभएपछि उनलाई सन्धीखर्क ल्याईएको थियो ।सन्धीखर्कको छाया पोलिक्लिनकमा जाँच गराउन छिरेका उनलाई त्यहाँ उपचार सम्भव नभएको भन्दै बुटवल रिफर गरिएको थियो ।जेठ १ गते क्रिमसन अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा सोमबार कोरोना पुष्टि भएको हो ।

जन्डीसले थलिएका उनलाई १ गते आईसियुमा राखेर उपचार शुरु गरिएको थियो ।

उनको अवस्था सुधार नभएपछि २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *