Type to search

मुख्य समाचार

कोरोनाभाइरस सातै महादेशमा फैलियो, अन्टार्कटिकामा पनि भेटिए संक्रमित

Share

अन्टार्कटिका कोरोनाभाइरस महामारीले नछोएको एक मात्र महादेश थियो। तर, उक्त महादेशमा पनि संक्रमित भेटिएपछि अब सातै महादेशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ।

अन्टार्कटिकामा रहेको ‘चिलियन रिसर्च बेस’ का ३६ सदस्यलाई कोरोना संक्रमण भएको यो साता पत्ता लागेको छ। चिलीको सेनाले रोयटर्सलाई दिएको जानकारी उधृत गर्दै सीबीएस न्यूजले जनाएअनुसार २६ सैनिक र १० मर्मतसम्भार गर्ने कर्मचारीलाई संक्रमण भएको छ।

यो अनुसन्धान ‘स्टेसन’ स्थायी रुपमा नै अन्टार्कटिकामा खडा गरिएको हो। यसलाई चिलीको सेनाले सञ्चालन गर्छ। यो स्टेसन उत्तरी अन्टार्कटिकामा समुन्द्र र हिउँका पहाडले घेरिएको ठाउँमा छ।

चिलीको सेनाले त्यहाँ रहेका सबै सैनिक र कर्मचारीलाई संक्रमितबाट पहिले नै अलग राखिएको र स्वास्थ्यकर्मीबाट निरन्तर जाँच भइरहेको जनाएको छ। उनीहरुलाई कुनै समस्या नभएको पनि जनाइएको छ।

त्यहाँ जहाजमार्फत सामग्री ढुवानी गर्ने कर्मचारीलाई संक्रमण भएको पत्ता लागेपछि स्टेसनमा रहेनहरुको पनि जाँच भएको थियो। उनीहरुलाई संक्रमण पत्ता लागेपछि त्यहाँका सबै कर्मचारीलाई १४ दिनको अनिवार्य क्वारेन्टिनमा पठाइएको छ। उनीहरुलाई अहिले चिलीको राजधानीबाट दक्षिणी क्षेत्रमा रहेको पुन्टा एरेनाजमा राखिएको छ।

अन्टार्कटिकामा सधैँ हिउँ जमिरहने हुनाले चिसोका कारण त्यहाँका कामदारलाई समस्या हुनसक्ने बताइएको छ। तर, मागालानेस विश्वविद्यालयका अनुन्धानकर्मी क्रिश्चियन नुनेजले आफूहरु त्यसबारे सचेत रहेको बताएका छन्। उनले भनेका छन्, “आइसोलेसन, सिजनल लाइट जस्ता कुराले शरीरको प्रतिराधी क्षमता एकदमै घट्नसक्छ। खासगरी त्यहाँ काम गर्ने कामदारमा समस्या आउनसक्छ।”

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *