Type to search

मुख्य समाचार

काठमाडौं बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा

Share

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा एक हप्ता निषेधाज्ञा लागु गरिने भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ ।

कोरोना भाइरसको संक्रमण तीव्र भएपछि हिजो बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।

यस्तै बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएपछि लकडाउन गर्न पनि भनेको थियो । काठमाडौं उपत्यकामा अहिले १ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *