Type to search

मुख्य समाचार

ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौंः पौडेल

Share

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका छन् ।

कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निणय गरिसकेको स्मरण गराए । उनले भने, ‘प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’

उनले त्यसका लागि अहिले प्रतिपक्षमा रहेको दल र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गरिरहेको बताए । समझदारी र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेस गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *