Type to search

मुख्य समाचार

अस्पतालमा शैय्या छैन भन्नू गैरजिम्मेवारीको पराकाष्ठा हो : पुर्व स्वास्थ्य मन्त्री बाेहरा

Share

थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको सरकारको बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।यो बिज्ञप्तीले सरकार जनता प्रतिको जवाफदेहीबाट पन्छिन खोजेको प्रष्ट हुन्छ। यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। तत्काल जनताको स्वास्थ सुरक्षा प्रति संबेदनशिल भइ उचित व्यवस्थाको लागी सरकारसंग आग्रह गर्दछु ।साथै अहिलेको भन्दा भयाबह हुन सक्ने अवस्थालाई ऑकलन गरेर तत्काल स्थानिय तहको सहयोगमा ठुला भवन/सभा भवनहरूलाई अक्सिजन सहितको बेड थपेर आईसोलेसन सेन्टर बनाउने । अक्सिजनको उत्पादन एवम बितरणलाई नियमन गर्दै अक्सिजन उत्पादनलाई बृद्वि गर्न अक्सिजन उत्पादकलाई प्रोत्साहन गर्ने । चिकित्साकर्मीहरूलाई प्रोत्साहन भत्ता बृद्वि गरी पुर्ण रूपमा कार्यमा लगाउने । जनचेतना बृद्वि गराउने । अहिलेको अवस्थामा अन्य कामलाई थाती राखेर भएपनि कोरोना संक्रमितको उपचार र नियन्त्रणको लागी प्रयाप्त बजेटको व्यवस्था गर्ने । आदिको व्यवस्था गरेर यो भयाबह स्थितीलाई नियन्त्रण गरी नागरिकलाई सरकार रहेको महसुस गराउन समेत आग्रह गर्दछु । सरकारको लागी जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्दछ । सम्पुर्ण कोरोना संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै सरकारको मात्र भर नपरी स्वयम आफै पनि सचेत रहन सबैमा आग्रह समेत गर्दछु । सुरक्षित रहौ । आफु पनि बचौ । अरूलाई पनि बचाऔ ।

दिपक बोहरापुर्ब

स्वास्थ्य मन्त्रीएवम् बरिष्ठ नेता राप्रपा

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *