Type to search

मुख्य समाचार

अन्नपूर्ण आधार शिविरमा हिउँपहिरोमा परेका सातै जनाको शव भेटियो

Share

पोखरा, वैशाख / कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएका सातै जनाको शव फेला परेको छ ।

माघ ३ मा आएको हिमपहिरोमा परि ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । ति मध्ये थप दुई जनाको शुक्रबार एक कोरियन र एक नेपालीको शव फेला परेको कास्की प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

हराएका मध्ये २ जना नेपाली गाइड र तीन जनाको कोरिएनको शव यसअघि नै फेला परिसकेको उनले बताए । दुई जनाको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा स्थानीयले शव फेला परेको उनले बताए ।

शव नेपाली सेनाको हेलिकप्टर मार्फत मौषम खुल्दा साथ पोखरा ल्याइने उनले बताए । अहिले हिउँ पग्लिएका कारण शव खोज्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *