Type to search

राशिफल

वैशाख २९ गते सोमबार ई. सं. २०२० मे ११ को राशिफल

Share

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल वैशाख २९ गते सोमबार
आजको राशिफल बि.सं.२०७७ साल वैशाख २९ गते सोमबार ई. सं. २०२० मे ११ , नेपाल सम्बत ११४० बछलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शाध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ०६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ५ बजेर १७ मिनेट देखि ६ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नतिको समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने दिन छ । सामाजिक र परोपकारी काममा मन जानेछ, आजको दिन धार्मिकरसामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । छात्रछात्राले बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रै उन्नति गर्ने समय छ, प्रतियोगी वा परीक्षार्थीले नचिताएको परिणाम प्राप्त गर्ने शुभ दिन छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमो भगवते वासुदेवाय नमः १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आठौं भावको चन्द्रमाका कारण मानसिक खिन्नताको समय छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन । काम बिग्रने भयले सताउनेछ वा परिश्रमबमोजिमको उपलब्धी नपाउँदा पनि चित्त बुझाउनुपर्ने हुनसक्छ । शारीरिक कमजोरीले पनि चिन्ता बढाउन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यप्रति वेवास्ता गरेको राम्रो हुँदैन । आज कुनै पनि नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । यात्राका लागि मन लालायित बन्नसक्छ, तर भरिसक्य बास बस्ने गरी बाहिर निस्कनु राम्रो हुँदैन, जानै परे सवारी हाँक्दा र बाटो काट्दा होस गर्नुपर्छ । नजिकका साथीभाइ वा सहयोगीले विश्वासघात गर्न सक्छन, गोपनीयता भङ्ग हुने खतरा पनि छ, सचेत हुनु राम्रो हो । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सङ्कटाभगवत्यै नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जन केन्द्रित दिन हुनेछ । आज सुरु गरेको व्यवसायबाट लाभ लिने समय छ, आम्दानी प्रशस्तै बढ्नेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । गृहिणीहरूले पतिबाट चाहेको कुरो फुत्काउने दिन हो । छात्रछात्राले सहकार्यका माध्यमबाट नयाँ ज्ञान सिक्ने मौका छ । विभिन्न भौतिक साधन जुट्नेछन। आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धी आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ शुं शुक्राय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । प्रतिस्पद्र्धात्मक क्रियाकलापमा छात्रछात्राले उन्नति गर्नेछन्, आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । गृहिणीहरूलाई पछाडि कुरा काट्नेले दुःख दिन सक्छन। मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ बुं बुधाय नमः ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी छात्रछात्राले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । अन्य सबैले पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नै बलबुता र दिमाग खियाएर गरेको कामबाट धनलाभ हुनेछ । गृहिणीहरूले आफैंले वा सन्ततिको प्रतिभाका माध्यमबाट प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । अभिभावक र मान्यजनको विशेष सहयोग जुट्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ घृणि सूर्याय नमः ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनेछन। छात्रछात्राको पढाइलेखाइमा प्रगति हुनेछ, तर होस राख्नुपर्छ, हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न केही समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तैयार हुनेछ । तर साझेदारसित वैमनस्य बढ्ने समय छ, पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पनि पर्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सों सोमाय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सल्लाह दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। मनग्ये धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ । विद्यार्थीहरूले रचनात्मक काम सुरु गर्ने समय छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । छात्रछात्राले प्रतिस्पर्धीलाई पछि पार्ने दिन छ, सफलताले उत्साह बढ्नेछ । व्यापारीहरूले कृषिजन्य कारोबारबाट मनग्ये धन कमाउने अवसर पाउने छन। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । जुनसुकै कामबाट सार्वजनिक रूपमा फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धनप्रदाय कुबेराय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले हिम्मतले काम बनाउन सकिने दिन हो । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धीले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउने छ । छात्रछात्राले विगतको सफलताले गर्दा थप काम गर्ने जाँगर देखाउने छन । नयाँ लक्ष्य वा कामप्रति प्रेरित भइनेछ । सल्लाहसुझाव दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन। मन भावुक र रोमान्टिक बन्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ गं गणपतये नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । कुरा काट्नेको कमी हुँदैन, प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन, त्यसैले आँटेकारताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । हाँकेताकेका र चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन। टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । छात्रछात्रा मनोरञ्जक गतिविधिमा सक्रिय हुनाले पढाइ बिथोलिन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कें केतवे नमः १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छात्रछात्राले कडा परिश्रम गर्ने समय आएको छ, श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने समय छ, त्यस्तै श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन। परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमः शिवाय २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्मक्षेत्रको निर्बल चन्द्रमाका कारण विभिन्न अवसर जुटे पनि पहिले गरेको बाचा पूरा गर्न दौडधूप गर्नुपर्ने दिन छ । दिगो काम प्रारम्भ गर्न तथा भौतिक साधन जुटाउन सञ्चित धन खर्च गर्ने समय आएको छ । आश्वासन दिनेहरूको भर नपरि आफ्नै पाखुरी खियाएर काम गर्ने समय छ, त्यसैले कहीं कतै नयाँ अवसर आए पनि काममा हात हाल्नुअघि गहन सोचविचार गरी अघि बढ्नु जायज हुनेछ । छट्टु र अवसरवादीहरूसित सजग हुने समय हो । कुनै पनि काम गर्नु छ भने योजना गोप्य राख्नु राम्रो हुनेछ । काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । बन्दव्यापारमा फाइदा नै देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग निलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र शं शनैश्चराय नमः २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *