Type to search

राशिफल

आजको राशिफल बि.सं. २०७७ साल वैशाख ४ गते बिहिबार

Share

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं. २०७७ साल वैशाख ४ गते बिहिबार

आजको राशिफल बि.सं.२०७७ साल वैशाख ४ गते बिहिवार ई. सं. २०२० अप्रिल १६, नेपाल सम्बत ११४० चौलागा नवमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण नवमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, साध्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ०६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आम्दानी बढ्ने छ। दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ। कीर्तिमानी काम गर्ने समय छ। विशिष्ट व्यक्तित्वहरू सँग मित्रता बढ्ने छ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कुलदेवताभ्यो नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुनसक्ने समय छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ। सामाजिक र परोपकारी काममा मन जानेछ। धार्मिक÷सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ। आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ नमो भगवते वासुदेवाय १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कमजोरीले चिन्ता बढाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्ने छ। नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ। मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्नेछ। मनमा निराशा र वैराग्यका भावना मँडारिने छन। गोपनीयता भङ्ग हुने खतरा छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ अन्तकाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जीवन शैलीमा परिवर्तन आउन सक्छ। प्रेम वा मित्रताको बन्धन कसिने छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने छ। दाम्पत्य जीवन रमाइलो रहने छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ। आम्दानी प्रशस्तैबढ्ने छ। विभिन्न भौतिक साधन जुट्नेछन। मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ शुं शुक्राय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। परिस्थिति सँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला। आजका लागि शुभअङ्क २ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ धन्वन्तरी देवाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै समाचारले मन बिथोल्न सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन। व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ। यात्रामा दिक्क लाग्नेछ, सोचेको काममा बाधा उत्पन्न हुन सक्छ। आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ महा सरस्वत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )–
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुनेछ। चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ। पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन। परिवारमा विविध समस्या देखिनेछन। सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ। पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ अष्टमातृकाभ्यो नमः ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नृसिंहाय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउने छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। नयाँ काम प्रारम्भ गर्न सकिने छ। प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ। व्यापार तथा कृषिमा मनग्ये धनलाभ हुनेछ। सफलताले उत्साह जगाउने छ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ वैभवलक्ष्म्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिम्मतले काम बनाउन सकिनेछ। ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकाल सम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मान सम्मान दिलाउनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ हं हनुमते नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक सङ्कटको निवारण हुनेछ। तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन। प्रतिस्पर्र्धी र शत्रु सक्रिय हुन सक्छन।, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ। छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन। टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ महाकालाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्याङ्कन हुनेछ। पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन्र प्रसन्नता पनि मिलनेछ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ ऐं सरस्वत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *