Print this page

काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला क्षेत्र वरिपरि सरसफाई

78687918 1294717000711835 4865586360204918784 o

महिला एवं बालबालिकाको पहलमा काठमाडौँको  त्रिपुरेश्वर स्थित दशरथ रंगशाला क्षेत्र वरिपरि सरसफाई गरिएको छ ।
खेल समाप्त भये संगै दशरथ रंगशाला वरिपरि भएको फोहोरलाई आज सरसफाई अभियान्ताहरुको व्यापक उपस्थितिमा रंगशाला वरिपरि सरसफाई गरिएको  छ  । आजको कार्यक्रमको आयोजना  सरसफाई  अभियान्ता धिरेन्द्र कुमार शाहले गर्नु भएको थियो ।

"अब हामी महिलाहरु पनि आफ्नो घर आगन मात्र नभई,आफ्नो देशलाई नै सफा र सुन्दर बनाउने उदेश्यले अघि बढेका छौ, यसै अन्तर्गत महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानका अभियान्ताहरु गएको हफ्ता  काठमाडौ देखि बिरगंज र बिरगंज देखि गढीमाई पुगी सरसफाई अभियानलाई अगाडी बढाई जनचेतना मुलक संदेश दिदै हिडेका छौ "  अभियान्ता रंजिता श्रेष्ठ खत्री ।

मंसिर १५ बाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) हिजो समापन भएको थियो । १० दिनसम्म चलेर मंगलबार सम्पन्न सागमा  भारतले  १७४ स्वर्ण जित्दै पहिलो भएको थियो भने  नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जिति दोस्रो भएको थियो । सागको ३५ वर्षे इतिहासमा नेपालले पहिलो पटक ऐतिहासिक नतिजा निकालेको हो ।