पोखरा, २४ भदौ /बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । उनीहरु सगँ मृत्युहुनेको संख्या ८ पुगेको छ । पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हराइरहेका सबै ६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा ल्याइएको थियो ।प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय
रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रेको शव आइतबार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ ।रवि खनाल नेपाली सेनाका प्यूठ हुन्। खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए । दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल (बजगाई) र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल (गैह्रे) को यसअघिनै मृत्यु भइसकेको थियो । तालबाट २८ वर्षिय सपना खनाल र निशापौडेलको उद्दार भएको थियो । शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ गएका थिए । तीन महिना पहिले मात्रै बनाएको डुंगाबाट पानी चुहिएर डुंगा डुबेको सपना खनालले बताइन् ।