Print this page

महिला शशक्तिकरण अभियानद्वारा बालबालिकालाई सहयोग

Ms1

काठमाडौं । तारामण्डल महिला शशक्तिकरण अभियान ले आफ्नो स्थापना दिवस को अवसर पारेर नेपाल महिला बाल सेवा समाज जोरपाटीको आश्रममा रहेका टुहुरा बालबालिका हरुलाई लत्ताकपडा, शैक्षिक सामाग्री लगायतका खानेकुरा वितरण गरेको छ । तारामण्डल महिला शशक्तिकरण अभियानले आप्नो स्थापना अघि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

आज सम्पन्न सो कार्यक्रममा संस्था कि अध्यक्ष कुन्ती देवी पोख्रेलले मानव सेवा नै सबै भन्दा ठुलो समाजसेवा भएको र त्यो भन्दा पर भविष्यका कर्णधारहरुलाइ न्यानो माया को खाँचो रहेको औंल्याउदै आफ्नो संस्थाको सानो सहयोगले बालबालिकाको समृद्धि का लागि इट्टा थप्न प्रभाकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । यस्ता कलिला बालबालिकालाई सहयोग गर्नु नै संस्था उदेश्य रहेको र भविष्यमा पनि यस्ता कार्यक्रम मा प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो । कार्यक्रम मा स्थानीय प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो भने कार्यक्रमलाई संस्था प्रमुख डिल्ली राज पाठकले सहजीकरण गर्नु भएको थियो ।
यसै अवसर पारेर अभियानले नया बर्ष २०७५ को शुभकामना समेत आदान प्रदान गरेको थियो ।

Ms2