सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो ।डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको जिकिर गरेको छ ।
भारत सरकारले त्यहाँको गणतन्त्र दिवसका अवसरमा डा. रुइतलाई सम्मानको घोषणा गरेको थियो । सोमबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले डा. रुइतलाई पद्म श्री प्रदान गरेका हुन् ।