• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
BREAKING NEWS
विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण    >>    पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती    >>    लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )    >>    सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल    >>    बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए    >>    अफ्रिकामा नेपाली नयाँ बर्ष    >>    कसरी लेखुँ नयाँ बर्षको शुभकामना    >>    चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै    >>    बेल्जियममा नेपाली महोत्सब हुँदै    >>    आचार्य विदेश सल्लाहकार मनोनित    >>   
  • Home
  • समाज

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा शैलेश कार्की निर्विरोध निर्वाचित

  • Sunday, 03 September 2017 21:42
  • font size decrease font size decrease font size increase font size increase font size
  • Print
  • Email

21329740 10210576060182311 560882045 o
दामोदर नेपाल
१८ भाद्र, काठमाडौं ।
शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा सम्पन्न उक्त साधारणसभाबाट ३१ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतिले चयन भएको हो । प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवं मानननीय सूचना तथा सञ्चार मन्त्री श्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेर शुरु गरिएको उक्त कार्यक्रमका विशिष्ट अतिथिहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनाल, काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी तथा अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

21330881 10210576060062308 2060433324 o
कार्यक्रमको उद्घाटन शत्रमा विभिन्न संघ संस्थाका प्रमुखहरुले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्दै विशिष्ट अतिथि डिआईज खनालले देशको पर्यटन विकासमा प्रमुख भूमिका निभाइरहेका होटल व्यवसायीहरुले आफ्नो व्यवासाय मर्यादित र सुसंस्कृत तबरले गर्नु पर्ने औंल्याउँदै त्यसरी सञ्चालनमा आएका व्यवासाय र व्यवसायीहरुको सहयोगमा आफू र आफू संलग्न निकायबाट हरतरहले सहयोग गर्ने बताए । साथै कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा अर्का विशिष्ट अतिथि एसपी जोशीले काठमाडौंभरि छरिएर रहेका होटल व्यवसायमा संलग्न व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई राज्यले निर्देश गरेको निमय कानून र परिधिभित्र रहेर सञ्चालन गर्न र देशको पर्यटन व्यवसायको रुपमा यसलाई अझ बढी उचाईमा उठाउन आफ्नो क्षेत्रबाट हुन सक्ने सबै प्रकारका सहयोग गर्न आफू चौबिसै घण्टा तयार रहेको बताउँदै साधारणसभाको सफलताको कामना गरे ।
त्यसैगरी अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले देशको अर्थतन्त्रको विकासमा अहम भूमिका खेलिरहेको पर्यटन क्षेत्र र प्रेस जगतको अत्यन्तै घनिष्ट सम्बन्ध रहको उल्लेख गर्दै देश विकासमा दुबै क्षेत्रको सकारात्मक भूमिकाको खाँचो रहेको औंल्याउँदै त्यसका लागि प्रेस जगतबाट हुनु पर्ने र हुन सक्ने सबै प्रकारका सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताए ।

21389129 10210576059982306 539636524 o
कार्यक्रममा प्रमुअ अतिथि सूचना तथा सञ्चार मन्त्री बस्नेतले सिंगो देशको राजधानी तथा पर्यटकहरुको पनि केन्द्र रहेको काठमाडौंमा छरिएर रहेका होटल व्यवसायीहरुको छाता संगठनको रुपमा गठित यस जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अत्यन्तै ठूलो भूमिका रहने कुरा औंल्याउँदै यसको ऐतिहासिक प्रथम साधारणसभामा आउन पाउँदा आफूलाई खुशी लागेको बताए । त्यसैगरी मन्त्री बस्नेतले काठमाडौं भरिका सिंगो होटल व्यवसायीहरुको हक, हित र अधिकारका लागि लड्न मात्र होइन हाम्रा समुदायमा रहेका विसंगती र विकृतिहरुलाई हटाउनका लागि पनि यो संघले भूमिका खेल्ने विश्वास लिएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्नु पर्ने कुनै पनि सहयोगको लागि हातेमालो गरेर जान आफू सदैब तत्पर रहेको बताए । साथै मन्त्री बस्नेतलेसाधारणसभाको सफलताको शुभकामना समेत व्यक्त गरे ।
साधारणसभाको उद्घाटन शत्रको समाप्तिपछि सम्पन्न बन्द शत्रले महासचिवको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थाको विधानमा समेत केही परिमार्जनहरु गरेको थियो ।
बन्द शत्रको दोश्रो चरणमा निर्वाचन मण्डलका प्रमुख नेपाल बार एशोसिएशनका सदस्य कृष्ण कुमार आड.दम्बेले तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको चयन प्रक्रिया अगाडि बढाएका थिए । उक्त बन्द शत्रले सर्वसम्मतिबाट ३१ सदस्यीय नयाँ कार्य समितिको चनय गरेको छ ।
शैलेश कार्कीको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, उपाध्यक्षहरुमा डि.बि. राई, माया गुरुंग, दामोदर नेपाल, बीर बहादुर खतिवडा, रामसागर मण्डल, दीर्गमान गुरुंग निर्वाचित भएका छन् भने महासचिवमा ऋषि कुमार चौलागायी, उप महासचिवमा तिलक कार्की, सचिवमा लक्ष्मी भण्डारी ओली, सहसचिवमा गणेश श्रेष्ठ, कोषाध्यक्षमा भविश्वर दुबे, सहकोषाध्याक्षमा शिवलाल गिरी, सदस्य खुल्ला तर्फ होम बहादुर भट्टराई, राम प्रसाद भुषाल, टेकनाथ अधिकारी, प्रकाश रावत, लव कुमार चौधरी, खुमाकान्त पोखरेल, गोविन्द प्रसाद मरासनी, जय कुमार राई, विष्णु प्रसाद पौडेल, सन्तोष गिरी, टिका गिरी र लक्ष्मी गुरुंग तथा सदस्य सभावेशी तर्फ दिपक कुमार राई, पूर्ण बहादुर गुरुंग, कुमार वि.क. रविन र सदस्य महिला तर्फ सुनिता पौडेल र शिलादेवी गुरुंग निर्वाचित भएका छन् ।

Tweet
More in this category: « संयुक्त राष्ट्र संघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान दिने आजदेखि सोह्रश्राद्ध »
back to top

ताजा समाचार

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !!  (कबिता )

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )

सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल

बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

बढी पढिएको - समाज

नेपालन्यूज डट कम बन्द

नेपालन्यूज डट कम बन्द

खोलामा बेपत्ता बाबुछोरी नौ दिनसम्म पनि भेटिएनन्

एक अर्ब रुयैंयाको परोपकारी कोष स्थापना गर्ने घोषणा

नेपाल वायुसेवा ‘विश्वकै असुरक्षित’

बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर

बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर

© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)