Print this page

लोडसेडिङ फेरि बढ्यो

images
 
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक ११ घन्टा पुर्‍याएको छ। ७० मेगावाटको मध्य मर्स्याङ्दी १७ दिनका लागि बन्द गर्नुपरेको र लोड बढेको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाएको हो। यसअघि लोडसेडिङ सातामा करिब ७० घन्टा थियो।'मध्य मर्स्याङ्दी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको र त्यसबाट उत्पादित बिजुली बराबर पनि लोडसेडिङ थप गर्नुपरेको हो,' प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए। उनका अनुसार अहिले बिजुलीको उच्चतम माग साढे १२ मेगावाट छ भने आपूर्ति करिब ६ सय मेगावाट मात्रै छ। हाल भारतबाट अधिकतम दुई सय २० मेगावाटसम्म आपूर्ति भइरहेको छ।