Print this page

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रेश बिज्ञप्ति

                                                                      मिति : २०७५/२/२

प्रेश बिज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा कार्य सम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसी निम्न अनुसारको निर्णयहरु गरेको छ ।
१) जेष्ठ ७, ८ र ९ गते विरगञ्जमा हुने केन्द्रीय परिषदको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङदेनले प्रस्तुत गर्नुहुने संगठनात्मक सुदृढिकरण कार्ययोजना, प्रवक्ता भुवन पाठकले प्रस्तुत गर्नुहुने प्रशिक्षण सम्बन्धि कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाले प्रस्तुत गर्नुहुने विधान संसोधन सम्बन्धि प्रस्ताव र केन्द्रीय सदस्य डा. विष्णु भण्डारीले प्रस्तुत गर्नुहुने निर्वाचन परिणाम समिक्षा सम्बन्धि प्रतिवेदन माथि विस्तृत छलफल भयो र परिमार्जनका साथ पारित गरियो र विरगञ्जमा हुने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
२) राप्रपाले फौजदारी अभियोग लागेमा सांसदहरुको सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ ।


                                                                 भुवन पाठक
                                                               प्रवक्ता

Press Bigyapti Jesth 2