Print this page

विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण

                                                                         प्रेस विज्ञप्ति

नेपालका स्वर्गीय राजा श्री ५ महाराजाधिराज विरेन्द्र विर विक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखि स्वीजरल्याण्डको Turbinenbrau नामक मदिरा उत्पादक कम्पनीले ‘Birendra Beer’ नाम राखी बियर बिक्रिवितरण गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा हिजोबाट प्रकाशित र प्रसारित भएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो । तसर्थ यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।

यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं र उक्त गलत कार्यका विरुद्ध हुने राप्रविसंको संघर्षमा सहयोग गर्न सबै पक्षसँग हार्दिक अनुरोध छ ।

महेश बहादुर सिंह
अध्यक्ष
२०७५ बैशाख ७, शुक्रबार

30738208 2008458419481635 895102593582235648 n