Print this page

ओभरसिज नेपाली फोरम र नेपाली जन प्रगतिशिल मन्चको प्रेश बिज्ञप्ती

                                   

                                     ओभरसिज नेपाली फोरम र नेपाली जन प्रगतिशिल मन्चको प्रेश बिज्ञप्ती

देश र जनताका लागि आवश्यक राजनैतिक क्र्रान्तीको एक मुख्य कार्यभार पुरा भएपछिको अवस्थामा अर्को मुख्यकार्यभार आर्थिक समृध्दीको कार्य लाई तिब्र गतिमा अघि वढोस भन्ने चाहना सबै नेपाली जनतामा रहेको थियो। जनताको यस चाहनालाई यथार्थतामा वदल्ने लक्ष्य राखेर नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) वीच भएको चुनावी तालमेल र कार्यगत एकतालाई नेपाली जनताले वहुमत दिएर अनुमोदन गर्दै स्थीर सरकार वनाउने जिम्मेवारी सुम्पिएकोमा सो अनुसार भरपर्दो स्थायी सरकार वनाउनमा दुई कम्युनिष्ट पार्टीहरु अघि बढीरहेको कुरा सवैलाई अवगतनै छ। यसै वीच, रणनैतिक उध्द्येश्य एउटै भैसके पछिको अवस्थामा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले आप्mना सिधन्त र कार्यनितीहरुमा रहेका साना तिना मतभेदहरुलाई छलफलमा लगेर आगामी माहाधिवेशन सम्म एकिकृत वीचार र सिध्दान्तको रुपमा संश्लेषण गर्ने निर्णय गर्दै आम नेपाली जनता र दुवै कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको चाहना अनुसार पार्टीएकिकरण गर्ने घोषणा गरेका छन। दुई पार्टीका अध्यक्षहरु र अन्य शिर्ष नेताहरु द्वारा हस्ताक्षरित पार्टी एकिकरणको बिज्ञप्तीले आम नेपाली जनातामा हर्ष थपेको छ र समृध्द नया नेपालको निर्माणको कार्य अघि बढ्ने कुरामा सवैलाई पुर्ण आशावादी वनाएको छ ।
नेकपा माओवादी केन्द्र संग राजनैतीक समिप्यता राख्ने नेपाली जन प्रगतिशिल मन्च जर्मनी र नेकपाएमाले संग समिप्यता कायम गरेको ओएनएफ जर्मनीले नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारहरुको नेतृत्वकर्ता पार्टीहरु वीचमा हुन गईरहेको यस एकिकरणलाई हार्दिक स्वागत र सम्मान गर्दै एकिकरणको प्रक्रियामा सहभागि हुने निर्णय गरेको कुरा यो बिज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं। साथै प्रवासमा रहेका सम्मुर्ण नेपालीहरुलाई पनि बाम एकिकरणको यो अभिायानमा सरिक हुन हािर्दक अह्वान गर्दछौ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको एकिकरणले नेपालका सम्पुर्ण कम्युनिष्टहरुलाई एउटै झण्डा मुनि गोलवध्द गर्नेछ भन्ने बिश्वास लिएका छौ।
हार्दिक अभिवादन सहित


चन्द्रकान्त आचार्य
अध्यक्ष, ओभरसिज नेपाली फोरम, जर्मनी

शम्भु पोखरेल (सागर)
अध्यक्ष, नेपाली जन प्रगतिशिल मन्च जर्मनी