Print this page

प्रधानमन्त्री ओलीको उपचार जारी

pm oli photo

प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्माफेरेसिस प्रक्रियाबाट उपचार जारी छ । गत शुक्रबारबाटै प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस प्रक्रियाबाट शुरु भएको हो ।तर, प्रधानमन्त्री ओलीको निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले भने स्वदेश फर्किएकी छन् । शाह प्रधानमन्त्री ओलीसँगै सिंगापुर गएकी थिइन् ।

१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार सिंगापुरमा भइरहेको छ ।अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन् ।