Print this page

प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

oli baa

भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामतर्फ प्रस्थान गर्दैछन् ।

बिहान ११ बजे नेपाल वायुसेवा निगमकाे चार्टर्ड विमानमार्फत भियतनाम प्रस्थान गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा २६ देखि ३० वैशाखसम्मको भियतनाम भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्री फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका अवसरमा हवाइ उडानसहित द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारी हुने जनाइएको छ ।प्रधानमन्त्री ओलले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्ने कार्यक्रम समेत छ ।भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले तनिवटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले 'बुद्ध अन्तराष्ट्रिय सम्मेलन' हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनाम भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणमा कम्बोडिया भ्रमणमा जाने छन् ।

३० वैशाखदेखि १ जेठसम्म हुने कम्बोडियाको भ्रमणका क्रममा उनले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग वार्ता गर्ने छन् । त्यसपछि कम्बोडियाको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दुवै देशका प्रधानमन्त्रीहरुले औपचारिक रात्रिभोज आयोजना गर्ने पनि जनाइएको छ ।

भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहने छन् ।

प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।