Print this page

संसदमा हंगामा

samsad vawan

काठमाडौं । चिकित्सा शिक्षा विधेयको विषयलाई लिएर संसदमा हंगामा भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक कांगेसले लगातार अवरुद्ध गरेको छ । विपक्षीको असहमतिबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आग्रह गरेपछि कांग्रेस सांसदहरुले वेल घेराउमा पुगेका थिए ।

मन्त्रीलाई बाटैमा छेकेको थिए । उनीहरुले मन्त्री पोखरेललाई घेरा हालेर रोष्टममा जान नदिएपछि वैठक स्थगन भएको छ । केहीबेरको घम्साघम्सीपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगन भएको घोषणा गरेका थिए ।

कांग्रेसले सरकारले आफ्ना दुई नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै मंगलवारको संसद वैठक अबरुद्ध गरेको छ । संसदको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउने निर्णय नभएसम्म संसद चल्न नदिने बताए । लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरे । मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजे पनि सकेनन् ।