Print this page

विवेकशील साझा पार्टी एकताको डेढ वर्ष नपुग्दै विभाजित

bibeksheel sajha

काठमाडौं, पुस । विवेकशील साझा पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विभाजित भएको छ ।विवेकशील साझा पार्टीका दुई सहसंयोजकमध्ये उज्ज्वल थापाले 'विवेकशील नेपाली दल' नामको नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।४२ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिइएको दाबी गरिएको छ ।हस्ताक्षर प्रमाणित गरेर दल दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर–३ को प्रदेशसभामा सो पार्टीका तीनजना सांसद रहेकामा विराजभक्त श्रेष्ठ र रमेश पौडेल नयाँ पार्टीतिर लागेका छन् भने शोभा शाक्य पुरानै पार्टीमा रहेकी छन् ।२०७४ साल साउनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो ।विवेकशील साझा पार्टीमा केही समययता खटपट देखिएको थियो ।मिश्रले पार्टी एकलौटी ढंगले चलाएको आरोप थापा पक्षले लगाउँदै आएको थियो ।