Print this page

मन्त्रिपरिषद बैठक : पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ३ सय बनाउने निर्णय

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पत्रकारहरुको न्युनतम पारिश्रामिक २४ हजार ३ सय ७५ कायम गर्ने निर्णय गरेको छ । यस अघि पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार पाँच सय रहेको थियो । सरकारको आज बसेको बैठकले २५ प्रतिशत बढाएको हो ।

त्यस्तै सरकारको आजैको बैठकले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ ।
निवर्तमान अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरेर भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले उखु किसानका समस्या बुझ्न ७ सदस्यीय कार्यदल गठन गर्न समिती बनाएको छ । राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले बताए ।