Print this page

नेपालको भूभाग एक इन्च पनि भारतलाई मिच्न दिन्नः देउवा

११ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूभाग पनि कसैलाई मिच्न नदिने बताएका छन् ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनले पर्साको छपकैयामा भारतले ५० बिघा जमिन मिचेको स्थलगत प्रतिवेदन देउवालाई बुझाएका थिए ।

प्रतिवेदन बुझ्दै देउवाले कसैलाई पनि नेपालको भूमि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियु अध्यक्ष नविना लामासहितको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।केही दिनअघि क्रान्तिकारी र अनेरास्ववियुको टोली मिचिएको क्षेत्रमा पुगेर नेपालको झण्डासमेत गाडेको थियो ।