Print this page

सरकारीस्तरबाट ११ वर्षपछि यसरी मनाइयो पृथ्वीजयन्ती

काठमाडौँ, सरकारीस्तरबाट ११ वर्षपछि पृथ्वीजयन्ती मनाइएको छ । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले बिदा कटौती गरे पनि यो वर्ष सार्वजनिक बिदा दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा भण्डारी र देउवाले माल्यार्पण गरेका हुन् l