काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधानमन्त्री कमल थापासँग स्पष्टीकरण मागेको छ।आयोगको आचारसंहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भाेट मागेकाले उपप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते मध्यरातिदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा भोट मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीलाईसमेत दिइएको छ ।