Print this page

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वार्ता

नेकपा एमालेले अन्तरिक संविधानमा रहेका प्रावधान फर्काउनेगरि संविधान संसोधन नमान्ने बताएको छ । संविधान संसोधन गर्दा सीमांकनलाई पनि कायम राख्न माग गरेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको असहमतिमा संसोधन प्रस्ताव ल्याए असफल बनाउने चेतावनी दिएका छन् ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा झण्डै एक घण्टा लामो छलफल भएको छ । सत्तासिन दलले अन्तरिक संविधानमा भएको नागरिकताको विषय जस्ताको तस्तै राखेर बाकी विषयमा मोर्चाको भावना अनुसार संसोधन गर्ने तयारी गरेको छ ।

दुईजना मात्रै सहभागि भेटमा प्रधानमन्त्रीले संसोधनमा मधेसी मोर्चालाई पनि चित्त बुझाउनुपर्ने वाध्यता रहेकाले लचक भइदिन आग्रह गरेको एमाले सचिवालयका एक नेताले जानकारी दिए । 'प्रधानमन्त्रीले आफ्ना वाध्यता र समयसीमालाई अघि राखेर प्रस्ताव हुन लागेका विषयमा जानकारी गराउनुभएछ ' एमाले अध्यक्षको भनाई उदृत गर्दै एक नेताले भने, 'राष्ट्रियता र जनताको भावनासँगै ठूलो जनमत भएको एमालेको भनाईलाई ख्याल गर्नुहोला प्रस्ताव बाहिर आएपछि हामी औपचारीक प्रतिक्रिया दिनेछौ । ' भेटपछि प्रधानमन्त्री केही खुसी देखिएका थिए ।

ओलीसँगको छलफलपछि प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै भने "ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भएको छ' उहाँ यस विषयमा निकै सकारात्मक देखिनुभएको छ ।"

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई 'अल्टिमेटम' दिएपछि विषयमा सहमति जुटाउन सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच कुराकानी तीव्र पारेका छन् । सहमति नभए एक्लै अगाडी बढ्ने उनको योजना छ ।

साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ ।