Print this page

विप्लवले गर्ने नै भए जनक्रान्ति

दाङ, पुस २७– जनक्रान्ति गर्ने कार्यदिशा पारित गर्दै नेकपा माओवादिको राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ । सम्मेलनले जनसत्ता स्थापना गर्नुका साथै जनक्रान्तिमा जाने भएकाले अहिलेको संक्रमणकालको अन्त्य भएको घोषणा गर्दै मध्यम वर्गका जनतलाई साथमा लिएर जनक्रान्ति गर्ने निश्कर्ष समेत निकोलेको छ ।

राष्टिय सम्मेलन स्थल ओम शान्ति सीनेमाहल परिसरमा शनिबार साँझपख पत्रकारहरुसंग कुरा गर्दै माओवादिका प्रवक्ता खड्क विश्वकर्माले पूँजिपति वर्ग र दलालहरुको अन्त्य जनक्रान्तिबाट मात्र सम्भव हुने ठहर गरेको बताएका छन् ।biplob camred

त्यसैगरी शिक्षा, स्वास्थ्य, अर्थ लगायतका मुद्दाहरुलाई प्राथामिकता दिइने र एसियाको सबैभन्दा ठूलो शत्रु छिमेकी देश भारतलाई मानेका छन् ।

सम्मेलनले महासचिव प्रणालीलाई अघि सारेको छ । ६५ सदस्सीय राष्ट्रिय कार्यसमिति रहेको समितिमा महासचिवमा नेत्रविक्रम चन्द विप्लव रहेका छन् । केन्द्रिय समितिको बैठकपछि स्थाई, पोलीटव्युरो र मोर्चा गठन गरिने समेत प्रवक्ता विश्कर्माले जानकारी दिएका छन् । राष्ट्रिय सम्मेलनमा एक सय २३ जनाले आ–आफना भनाई राखेका थिए । सम्मेलनमा ५ सय ५० जनाको सहभागीता रहेको थियो ।

२३ गतेदेखि जारी राष्ट्रिय सम्मेलन शनिरबार सकिएको हो । यसभन्दा अघि तुलसीपुरकै पार्टी प्यालेसमा २ दिनसम्म केन्द्रिय समितिको बैठक बसेको थियो ।