• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
BREAKING NEWS
विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण    >>    पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती    >>    लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )    >>    सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल    >>    बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए    >>    अफ्रिकामा नेपाली नयाँ बर्ष    >>    कसरी लेखुँ नयाँ बर्षको शुभकामना    >>    चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै    >>    बेल्जियममा नेपाली महोत्सब हुँदै    >>    आचार्य विदेश सल्लाहकार मनोनित    >>   
  • Home
  • राजनीति

माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन

  • Saturday, 10 January 2015 05:06
  • font size decrease font size decrease font size increase font size increase font size
  • Print
  • Email

rajendra mahatoकाठमाडौं, पुस २५– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनतालाई अपमान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन संयुक्त मधेशी मोर्चाले सहयोग नगर्ने बताएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महतोले एमाले अध्यक्ष ओलीले सिँगो मधेश र मधेशी जनतालाई होच्याउने काम गरेको उल्लेख गर्दै आफूहरु कुनै पनि हालतमा ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने निर्णय गरेको बताएका छन् ।

अध्यक्ष महतोले ओलीको अभिव्यक्तिले सिँगो मधेशमा अझैपनि एक दुई जातको एकाधिकार जमाउने हर्कतको गन्ध देखिएको भन्दै उनले मधेशी जनतासँग माफी नमाँगेसम्म संयुक्त मधेशी मोर्चा नेकपा एमालेसम्वद्ध चार पक्षीय बैठकमा सहभागी नहुने जिकिर गरे । उनले भने–‘एमालेसँगको हाम्रो सम्बन्ध पनि ओलीले माफ नमाँगेसम्म रहँदैन ।’
उनले राज्यको पूर्नसंरचना गर्दा एकरुपता कायम गरिनुपर्ने भन्दै मधेशको भू–भाग कुनैपनि हालतमा पनि पहाडमा गाभ्न नहुने जिकिर गर्दै मधेशको भू–भाग हरण गर्ने काम गलत हो, झापा, मोरङ्ग, सुनसरी, कैलाली, कञ्चनपुर मधेशबाट अलग बनाउन नमिल्ने बताए ।
महताले ठूलो दल भएपनि नेकपा एमालेले सहमतिको लागि कुनै सकारात्मक काम नगरेको बरु ठूलो दलको नाममा व्यवहार चाहीँ निच गरेको आरोप लगाउँदै निर्धारित मिति माघ ८ मा अब मुलुकले संविधान नपाउने ठोकुवा गरे ।

Tweet
More in this category: « विवादलाई थाँती राखेर संविधान जारी गर्नुपर्छः गौतम पूर्वका जिल्लामा गरेको बन्द खुल्यो »
back to top

ताजा समाचार

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !!  (कबिता )

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )

सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल

बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

बढी पढिएको - राजनीति

विप्लवले गर्ने नै भए जनक्रान्ति

विप्लवले गर्ने नै भए जनक्रान्ति

नेताहरु छलफलमा बस्दै

माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन

माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन

पाँचहजार माथीको खर्च विवरण अनिवार्य सार्वजनिक गर्न निर्देशन

सार्क सम्मेलनको लागि सफाइ तथा मर्मतलाई तीव्रता दिने तयारी

© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)