Print this page

बजारमा आयो नयाँ संबिधानको मोबाइल एप

नेपालले नयाँ संविधान पाएको खुसीको क्षणमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्य राखेर एनआईटीभी मिडिया प्रा.लि.ले Nepal ko Sambidhan “नेपालको संविधान”को मोबाइल एप सार्वजनिक गरेको छ ।
unnamed-201
 
२००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको छ ।
 
कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भैरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक गरिएको हो । यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माण क्रम र जारी संविधान सहज रुपमा अध्ययन गर्न सक्नेछन् ।
 
निःशुल्क टेलिभिजन एप NET TV NEPAL समेत सार्वजनिक गरेको सो कम्पनीले देश–विदेशमा रहेका नेपालीहरुको सुविधाका लागि विभिन्न प्याकेजहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।