Print this page

एनआरएनए स्वीडेनद्वारा आयोजन नेपाली नयां बर्ष कार्यक्रम सम्पन

 

57503690 2236698179931041 4849206536053981184 n

-राजकुमार पाठक

नयाँ बर्ष २०७६ को अवसर पारेर गैरआवासीय नेपाली संघ(एनआरएनए) स्वीडेनले शनिबार राजधानी स्टकहोल्ममा शुभकामना तथा साँस्कृतिक साँझ कार्यक्रम सम्पन गरेको छ ।

स्वीडेनको राजधानी स्कटहोल्ममा पुगेका चर्चित लोक दोहोरी गायिका तथा बेली डान्सर प्रिती आले चर्चित फिल्मी गायक कृष्ण काफ्लेको साथै स्थानीय कलाकारले उपस्थित नेपाली दर्शक तथा विदेशी पाहुनालाई मनोरन्जन दिए ।

नेपाली राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रम एनआरएनए, स्वीडेनका सचिब राजकुमार पाठक र माया रोकाले संचालन गरेका थिए । कार्यक्रममा संस्थाका महासचिब दिनेश श्रेष्ठले स्वागत मन्तब्यबाट उपस्थित दर्शक महानुभाब हरुलाई स्वागत गरेका थिए भने प्रमुख अथितिका रुपमा शुभकामना मन्तब्य राख्दै एनआरएनए आईसिसी उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा अतिथिको रुपमा एनआरएनए आईसिसी सदस्य प्रवेश कुँवर, निबर्तमान अध्यक्ष चिरन्जिबी खरेल, संस्थापक अध्यक्ष नबिन थपलिया, पूर्व उपाध्यक्ष बिज्रेश मैनाली, नेपाल मण्डबका निर्देशक सुवास अधिकारी, हेल्प नेपालका अध्यक्ष बिकास ढकाल ,सल्लहाकार सदस्यहरु दिप थापा, शिब भुसाल(आकाश)तथा जानुका आन्द्रेसनको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय कलाकार शर्मिला पाइजा, रुजुला गुरुङ, परिक्षा भट्टराई, प्रेरणा गुरुङ्ले नृत्य प्रस्तुत गरेर दर्शकलाई भरपुर नचाए । प्रिति र कृष्णले आफ्ना चर्चित गीतहरु गाउदा दर्शकहरु पनि उनीहरुलाई साथ दिन स्टेजमा पुगेर नाचेका थिए ।

कार्यक्रममा एनआरएनए–स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरु बीच भाइचाराको सम्बन्ध प्रगाढ हुनुका साथै नेपालीपन, नेपाली भाषा, संस्कृति, रितिरिवाज, चाडपर्बको प्रबर्द्वनमा सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रमबाट बचत भएको रकम नेपालको पश्चिम रुकुममा बन्दै गरेको स्वास्थ्य चौकी भवनको निर्माणको लागि पठाइने जानकारी दिए ।साथै श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्राबिधिक भाई प्रमोद अर्याल, स्वयंसेबक, व्यवस्थापन टिम, आर्थिक सहयोगी महानुभाब र शुभेच्छुकहरू प्रति कृतज्ञता र धन्यबाद ब्यक्त गरे ।

यसरी बेलुकी डिनर सहित करिब ९:३० बजे कार्यक्रम सम्पन्न भएको थियो ।