Print this page

जनसम्पर्क समिति स्पेनको म्याड्रिडमा शाखा बिस्तार

janasamparka samiti madrid
 
-बिजय शर्मा दर्पण ,बार्सिलोना । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्पेनले म्याड्रिडमा शाखा बिस्तार गरेको छ । स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न कार्यक्रममा पार्वती ओलीको अध्यक्ष्यतामा नेपाली जनसम्पर्क समिति म्याड्रिड शाखा गठन गरिएको हो ।
 
जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्माको पहलमा संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा , भूपू अध्यक्ष एकराज गिरि , निबर्तमान अध्यक्ष शालिकराम डुम्रे , सलाहकार बिष्णु रिजाल लगायतको समूपस्थितिमा गठन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुदिप अर्याल , महामन्त्रीमा राजेश बरुवाल, सह महामन्त्रीमा संजय सापकोटा , कोषाध्यक्षमा शर्मिला बिक , त्यस्तै सदस्यहरुमा रमेश पौडेल , बोल प्रसाद सापकोटा , मान बिक , मनिषा शर्मा र कमला रेग्मी रहेका छन् । त्यस्तै समितिको प्रमुख सल्लाहकारमा रामकृष्ण पुडासैनीलाई चयन गरेको छ ।
 
शाखा अध्यक्ष पार्वती ओलीले सबै समुदायका व्यक्तिहरुसँग सहकार्य गरेर समितिले सामाजिक कार्यमा सहभागिता जनाउने उद्देश्यका साथ समिति निर्माण गरिएको दाबी गरिन ।