Print this page

स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको सभामा प्रधानमन्त्री केपी ओलीको सहभागी हुने

50568691 318637112192056 8176281992459976704 n

स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन प्रधानमन्त्री केपी ओली आउने भएका छन् ।स्विट्जरल्यान्डको डाभोसमा यही जनवरी २२ देखि २५ सम्म हुने बिश्व आर्थिक मञ्चको सभामा प्रधानमन्त्रीको सहभागी हुन लागेको हो I परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा पनि प्रधानमन्त्री ओलीका साथ् रहने छन् ।

विश्व आर्थिक मञ्चको वार्षिक सभामा भाग लिन विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने गर्दछ I उक्त सभामा नेपाल र नेपालको तर्फबाट भाग लिने पहिलो प्रधानमन्त्री केपी ओली रहेका छन् ।

विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्ने भएका छन् । पहिलो सत्र ‘दक्षिण एसियामा रणनीति दृष्टिकोण’ शीर्षकमा रहनेछ भने दोस्रो सत्र ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ रहने छ ।

विश्व आर्थिक मञ्चको वार्षिक सभामा बहुअवधारणायुक्त विश्वमा भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवद्र्धनका लागि जोखिमको लचकता, मानवपुँजी र समाज, विश्वव्यापी संस्थागत सुधार जस्ता बिषयहरुमा छलफल केन्द्रित रहने छ ।