Print this page

चलचित्र 'कपुरी क' को युरोपमा च्यारिटी गरिदै

kapuri ka

थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवी बनाएका कलाकार तथा निर्देशक सबिन बास्तोला 'गिरधारी' ले निर्देशन गरेको पछिल्लो चलचित्र 'कपुरी क ' प्रदर्शनका लागि तयार भएको छ। प्राय सन्देश मुलक चलचित्र तथा टेली चलचित्र निर्देशन गर्दै आएका निर्देशक बास्तोलाले निर्देशन गरेको जातीय छुवाछुत सम्बन्धि कथा समेटिएको चलचित्र सुनपानी केहि बर्ष अगाडी प्रदर्शनमा आएको थियो। चलचित्र सुनपानी व्यापारिक हिसावले कमजोर भए पनि चलचित्र अव्वल बनेको थियो चलचित्रलाई बिकाश बोर्ड बाट बार्षिक रुपमा दिने बिशेष फिल्मको अवार्ड समेत प्रदान गरिएको थियो। हालसालै युटुवमा रिलिज गरिएको चलचित्रले राम्रो रेस्पोन्स पाएको छ। उनै सफल कलाकार तथा निर्देशक बास्तोलाले निर्देशन गरेको पूर्ण व्यावसायिक चलचित्र कपुरी क यति बेला प्रदर्शनका लागि सम्पूर्ण रुपमा तयार भएको छ भने यति बेला देश तथा बिदेशका बिभिन्न शहरमा चलचित्रको च्यारिटी शो गरि उठेको रकम बिभिन्न सामाजिक सेवामा खर्चिने जनाइएको छ।

कुसुमएण्ड गुञ्जन फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र 'कपुरी क' को केहि दिन अगाडी पोखरामा च्यारिटी शो गरिएको थियो जसमा उपस्थित दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका थिए। चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्त कुमार थापा मगरको कोरियोग्राफी रहेको छ भने विभिन्न टेलीचलचित्रमा अभिनय, सह निर्देशन तथा लेखन गर्दै आएका कलाकार तथा मिडियाकर्मी प्रकाश तिवारीले यसै चलचित्र मार्फत डेब्यु गरेका छन् भने चलचित्रमा बिभिन्न नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहेको छ।