Print this page

चैते दशै बाग्लुङ्गे मेलैमा

चैते दशै बाग्लुङ्गे मेलैमा 
भेट हुन जाउँ साथि रेलैमा !! लुभेन सरर। …। 
 
0
 
-डिल्ली राम अम्माई 
बाग्लुंग समाज बेल्जियमले चैते दशैँ धुमधामसंग मनाउने भएको छ।  बेल्जियमको लुभेन स्थित ओन्ज हाउसमा यहि अप्रिल ७ का दिन नयाँ वर्ष २०७५  लाई समेत स्वागत गर्दै चैते दशैँ मनाउन लागिएको समाजले एक सुचना मार्फत प्रष्ट्याएको  हो । समाजले उक्त सांस्कृतिक कार्यक्रम सहित हुने शुभकामना आदानप्रदान कार्यक्रममा सबै नेपालीहरुलाई सहभागी हुन आग्रह समेत गरेको छ 
 
बाग्लुङ्ग समाजको अहिले अन्तराष्ट्रिय संजाल ब्यापक बन्दै गैरहेको छ । जापान, युएइ, हंकंग, ग्रेटब्रिटेन,क्यानाडा लगायत धेरै देशहरुबाट बाग्लुंग समाज थुप्रै परोपकारी अभियान संचालन गर्दै आइरहेको देखिन्छ । त्यस्तै बेल्जियमको बाग्लुङ्ग समाजले पनि यी र यस्तै परोपकारी अभियानहरुमा साथ् दिदै आएको छ।  
 
परोपकारी अभियानलाई मध्यनजर गर्दै बाग्लुङ्गमा परम्परादेखि मनाइदै आएको चैते दशैलाई हरेक वर्ष बेल्जियममा पनि मनाइदै आएको छ। बाग्लुङ्गमा लाग्ने चैते दशैंको झल्को मेटाउन यो पटक प्रख्यात लोक कलाकार सकुन्तला थापा, बालाराम पुनको उपस्थितिमा कार्यक्रम हुने समाजका महासचिब परमानन्द सापकोटाले बताएका हुन्।  चैते दशैमा बाग्लुंग कालिका भगवती मन्दिरमा ठुलो मेला लाग्नुको साथै उक्त अवसरमा लोक संस्कृति सम्वन्धि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने परम्परा रहेकोले यसैको सम्झनामा बेल्जियममा रहेका बाग्लुंगबासी नेपालीहरुले पनि समाजको स्थापना देखि नै चैते दशैँ पर्व मनाउन शुरु गरेका हुन् 
 
लगभग दुई सय चौवालिसको संख्यामा बाग्लुङ्गबासीहरु बेल्जियमा रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ । बाग्लुङ्ग जिल्लामा विभिन्न सामाजिक तथा मानविय कार्यमा सहयोग गर्ने सोचका साथ मनाइन लागेको यो उत्सबको अर्को उद्धेश्य बेल्जियम बसाइको क्रममा रहेका बाग्लुङ्गेहरु बीच एक आपसमा चिनजानी, सहयोग आदान प्रदान तथा भातृत्वको भावानको विकास गर्नु पनि रहेको छ।  एकै भौगिलिक जिल्लाका बासिन्दाहरुको बीच यस्ता कार्यक्रमहरुले जिल्लाबासीको एकतालाई मजबुत बनाउदै लाने आयोजकहरुको मत रहेको देखिन्छ।   
 
आयोजकले १५ युरो टिकट दर कायम गरेका छन् भने त्यो टिकटले खानपिनको साथै सांस्कृतिक कार्यक्रमको भरपुर आनन्द उठाउन पाउने छन्।  बचेको पैसा बाग्लुङ्गका स्वास्थ्य र शिक्षामा आर्थिक पहुँच नहुनेहरुलाई सहयोग प्रदान गर्न लागिएको ५० लाखको अक्षयकोषमा राखिने छ।  त्यो कोषको समेत छिट्टै घोषणा गरिने जानकारी समाजका अध्यक्ष गङ्गा शर्मा आचार्यबाट थाहा हुन आएको छ।  
 
२६ मार्च दिनको दुइ बजेबाट शुरु हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन बेनेलक्सका महामहींम राजदुत लोक बहादुर थापा समेतको उपस्थितिले च्यारिटी कार्यक्रमको गरिमा अझै बढ्ने आशा अध्यक्ष शर्माले ब्याक्त गरे। बेल्जियमको शैक्षिक केन्द्र लुभेनको क्केसोलो(  (ortolanenstraat 6,kesselo 3010))हलमा हुने चैते दशैँ परोपकारी कार्यक्रमलाई सबैको लागि खुल्ला गरिएको भन्दै समयमै उपस्थित भएर सांस्कृतिक कार्यक्रमको आनन्द उठाउन समाजले सबै नेपाली र शुभचिन्तकहरुलाई आह्वान गरेको छ।