Print this page

जे एस एस नेदरल्याण्डसको पद हस्तान्तरण सम्पन्न

-द्रोण रिजाल , नेदरल्याण्डस ।
नेदरल्याण्डस को राजधानी अम्स्टर्दाम मा यहि अक्टुबर २९ तारिखका दिन भएको बार्षिक साधारण सभा मा नेपाली कांग्रेस को भात्री संगठन जन सम्पर्क समिति नेदरल्याण्डसले नया नेतृत्व पाएको छ ।समितिका अध्यक्ष उत्तम कंडेल को कार्यकाल समाप्त भएपछि नया नेतृत्वका लागि अध्यक्ष पदम बहादुर छेत्री ( राम चन्द्र ) लाइ कंडेलले  माइन्युट सहित संथाको स्ट्याम्प र झण्डा हस्तान्तरण गरेका हुन् ।ज स समितिका संथापक अध्यक्ष नारायण आचार्य को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्यटन दुत शशि पौडेल ,गैर आवासिय नेपाली संघ नेदरल्याडस का अध्यक्ष ठाकुर प्रसाद शर्मा , जन सम्पर्क समिति नेदरल्याण्डस का सल्लाहकार श्रीराम कंडेल, प्रवासी नेपालि मंच का उपाध्यक्ष उदय नेपाली , अन्तरास्ट्रिय नेपालि मंच ( नया शक्ति ) का संयोजक हिमाल ओझा , नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिब द्रोण रिजाल लगायत अन्य विभिन्न संघ संथाका प्रतिनिधि सहितको बाक्लो उपस्थिति थियो  ।कार्यक्रमको संचालन  समितिका महामन्त्री सालिक गौतमले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष बिष्णु पोखरेलले गरेका थिए ।

23107153 10210965449636804 1321080434 o

 

23134933 10210965449596803 2017535952 o