Print this page

जुरिच नेपाली स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको दोश्रो रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सम्पन्न ।

जुरिच नेपाली स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको दोश्रो रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता ३१ मे आइतवारका दिन सम्पन्न भएको छ ।

DSC 0136

प्रवासी नेपालीहरु बीच एक गाँठोमा बाध्नुका साथै आउँदो २७ र २८ जुनमा एन आर एन ए स्विटजरल्याण्डले आयोजना गर्न लागेको युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको लागि पनि खेलाडी छनोट गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

DSC 0095

प्रतियोगितामा स्विटजरल्याण्डमा बसोवास गर्ने विभिन्न ठाउंबाट नेपालीहरुको टिम - बासेल, लुजर्न, जुरिच `ए ` जुरिच `बि` , सारगांन्स (टि टि टि ), मुस्ताङ्ग टिम गरि ६ टिमहरुको सहभागिता रहेको थियो । प्रत्येक टिमहरुको दर्ता शुल्क ४०० फ्रान्क रहेको थियो ।

 

जुरिच `ए` प्रथम हुन सफल भएको थियो भने जुरिच `बि` दोश्रो  स्थानमा र सारगांन्स (टि टि टि ) टिमले तेश्रो स्थान हाँसिल गरेको थियो । बिजयी टिम प्रथमका लागि रनिङ्ग शिल्ड,नगद ८०० सय स्विस फ्रान्क , पदक र प्रमाण पत्र । दोश्रो हुने टिमलाइ नगद ५०० सय स्विस फ्रान्क , पदक र प्रमाण पत्र । तेश्रो हुनेलाई पदक र प्रमाण पत्र वितरण गरिएको थियो । 

 

कार्यक्रममा बिशेष उपस्थिति स्विटजरल्याण्डका नेपाली राजदुत महामहिम दिपक धिताल,दुतावास कै तर्फ बाट तृतीय सचिव यादव कोइराला,एन आर एन ए स्विटजरल्याण्डका आइ सी सी सदस्य शिव रिजाल, एन आर एन ए स्विटजरल्याण्डका अध्यक्ष धर्म गुरुङ लगाएत स्विटजरल्याण्डमा रहेका विभिन्न संघ संस्था र समाजहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 

SubstandardFullSizeRender-1

आउँदो जुन २७ र २८ जुन मा राखिएको एन आर एन ए युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको लागि खेलाडी छनोट कमिटिले उक्त प्रतियोगिताबाट स्विटजरल्याण्ड टिमका लागि खेलाडी छनोट गरेको थियो । खेल स्थानमा उपस्थित दर्शकहरु र खेलाडीको ध्यान राख्दै न्युन मूल्यमा नास्ताको व्यवस्था गरिएको थियो । खेल समापन पछि नेपाली खानाको व्यवस्था गरिएको थियो । कार्यक्रममा रोचक र सफल बनाइ दिएकोमा सम्पूर्ण उपस्थितिहरु साथै फल फुल,पेय पदार्थ प्रायोजन गर्ने सुरज श्रेष्ठ र दिर्ग श्रीस मगर लाइ आयोजक जुरिच नेपाली स्पोर्ट्स क्लबले हार्दिक कृतज्ञता व्यक्त गरेको थियो ।

DSC 0132

DSC 0030

DSC 0036

 DSC 0045

DSC 0021

DSC 0020

DSC 0026

DSC 0151