Print this page

पहिलो खेलमा नेपालले युगान्डासँग खेल्दै

 

images

३ माघ, काठमाडाैं ।आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ शनिबारदेखि नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले युगान्डासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।पारस खड्काको कप्तानीमा रहेको नेपालले यसअघि नेपालमा राम्रो बन्द प्रशिक्षण गरेको थियो भने दक्षिण अफ्रिकामा पहिलोपटक तीन अभ्यास खेल खेलेको थियो ।कप्तान खड्काले तयारी राम्रो भएकाले उपाधि जितेरै नेपाल फर्किन खेलाडीहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् ।प्रतियोगितामा नेपाल र युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडा छन् । प्रतियोगिताको विजेता र उपविजेता डिभिजन–१ मा पुग्ने छन् ।