Print this page

धरान पराजित, एपीएफले अब हङकङसँग खेल्ने

धरान पराजित, एपीएफले अब हङकङसँग खेल्ने

पोखरा २४ पुस
विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखराको मैदानमा शतप्रतिशत नतिजा निकाल्दा पुर्वको धरान फुटबल क्लबको थकानको यात्रा फेरी दोहोरिएको छ । पोखरा कपको चौथो सस्करण मनकामना केवलकार पोखरा कपको तेस्रो खेलमा एपीएफले धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्र्वाटरफाईलनमा आमन्त्रित टोली हङकङसँग सेमिफाईनल प्रवेशको लागि खेल्ने छ ।
एपीएफका स्ट्राईकर गणेश लावतीले २२ औं मिनेटमा प्रतियोगिताकै उत्कृष्ठ गोल गरे । सन्तोष श्रेष्ठले उपलब्ध गराएको क्रस पासलाई लावतीले हानेको ‘बाईसाईकल सट’ फष्टबार हुदैं जाली चुमेपछि एपीएफले स्पष्ट अग्रता लिन सफल भयो । तर त्यो अग्रता पहिलो हाफसम्म पनि कायम हुन सकेन् ।
४१ औं मिनेटमा हेमन्त थापा मगरले दिएको लामो पासलाई राज पौडेलले गरेको हेडिङ बल अप्रत्याशित रुपमा गोल पोष्टभित्र छिरेपछि धराने खेलाडीको उत्साह निकै बढ्न पुग्यो । गोल गर्न हातिरिएको अवस्था दुवै टोलीमा देखिदाँ आपसी समन्वयको अभाव प्रत्यक्ष देखिएको थियो ।
५७ औं मिनेटमा पाएको फ्रिकिक एपीएफले सदुपयोग गर्दा धरानको फिदिम हुदैं पोखरासम्मको यात्राले विट मार्न पुग्यो । नविन लामाले २५ यार्डबाट हानेको फ्रिकिक फष्टबारमा लागेर भित्र छिरेपछि धराने गोलकिपर विनय श्रेष्ठ वाल्ल परे । उनले ‘डेन्सर जोन’मा पाएको फ्रिकिकको लागि ‘खेलाडी बार’ मिलाएपनि बल ‘कर्भ’ हुदैं छिरेपछि एपीएफको क्र्वाटरफाईनल प्रवेशको लागि ढोका खुला हुन पुग्यो ।
‘लामो यात्रा भयो । फिदिम खेलेर सिधै पोखरा आउँदा यात्राले थकान भयो । तर पनि खेलाडीले सोचे जस्तो खेले ।’ धरान फुटबल क्लबका प्रशिक्षक दिपक राईले भने—‘यात्राले दिएको थकानले विभागिय टोलीसँग खेल्न कठिनाई हुन्छ । विभागियसँग खेल्न आरामको जरुरी पर्छ तर खेलाडीले एक ठाँउमा खेलेर अर्को ठाँउमा आउनुपर्ने बाध्यता रह्यो ।’
विभागिय टोली एपीएफले धरानमाथि दवाव सृजना गरिरहने अभियानमा जुटेपनि प्रभावकारी प्रदर्शन भने देखिएको थियो । बल पासलाई मिलाउने धुनमा जुटिरह्यो । पोखरेली खेलाडी हेम गुरुङ र मनबहादुर तामाङलाई एपीएफले भित्रयाएको थियो । डिफेन्समा तामाङ र गुरुङले मिडफिल्डमा उत्कृष्ठ प्रदर्शन दोहो¥याए । खेलमा म्यान अफ दि म्याच भने रन्जन विष्ट बने ।
एपीएफले खेलको १५ औं मिनेटमा राम्रो अवसर पाएको थियो । सन्तोष श्रेष्ठले दिएको पासलाई रन्जन विष्टले गोलकिपर मात्रै बाँकी रहँदा ‘क्विक किक’ नगर्दा बल गोलकिपरबाट रिलेक्ट भएको थियो । ‘अन्जन विष्ट घाईते हुदाँ खेलमा केही दवाव सृजना भयो । आपसी समन्वयमा पनि केही कमजोरी देखियो । अर्कोखेलमा अझ उत्कृष्ठ प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’ एपीएफका प्रशिक्षक कृष्ण थापाले भने । प्रतियोगिताको अन्तिम प्रि क्र्वाटर खेल आयोजक पोखरा ११ ले आमन्त्रित सदस्य भुटानको सिएफसीसँग खेल्ने छ ।