यतिबेला नेपालि गीत संगीतको छेत्रमा अझै नेपाली चलचित्र गायनमा एकदमै चुलिएको नाम हो कृष्ण काफ्ले, ब्लक्बस्टर फिल्म छक्का पन्जामा देखन चम्पा सुनन चम्पा हम्रा त तम्रा बाहेक को छ र..., चलचित्र किस्मत २ बाट तिम्रो पिक्चर हिट , चलचित्र बृन्दावन बाट तिमी ताला म हु चाबी , त्यसै गरै एतिबेला गायक कृष्णको आवाजमा निकै नै भाइरल भैरहेको गीत यहि फागुन २५ गते बाट प्रदशनमा आउनलागेको चलचित्र मङ्गलम बाट पर्ख पर्ख मायालु म पनि त आम्ला रेलको झ्याल समाएर संगै भागम्ला यतिखेर जनमानसमा एकदमै मनपराइएको गीत हो।
एकदमै सरल, मिठासपन बढी भएकोले पनि होला यश गीतलाइ साना साना बच्चाले पनि सजिलै गुनगुनाएको र स्कुलमा हुने कार्यक्रमहरुमा नाचेको पाइएको छ। आफ्नै मौलिक भाषा र भाकामा आधारित यश गीतका रचनाकार र संगीतकार भने दिपक शर्मा हुन भने यस गीतमा गायक कृष्णलाइ बिन्दु परियारले साथ दिएकी छिन।
नेपालि चलचित्र होस या गीत संगीतको छेत्रमा गायक कृष्ण काफ्लेले गायपछी पक्कै पनि गीत सुपर हिट हुन्छ भन्दा फरक पर्दैन किनकि यतिबेला उनको अवाजमा यो सत्य सावित भैसकेको छ।
देखन चम्पा सुनन चम्पा गीत बाट यश बर्षको सर्बोउत्कृष्ट चलचित्र गायनको बिधामा थुप्रै अवार्ड द्वारा सम्मनित भैसकेका गायक कृष्णकै आवाजमा लगत्तै किस्मत २ फिल्म बाट तिम्रो पिक्चर हिट , मङ्गलम फिल्म बाट पर्ख पर्ख मायालु लगायत थुप्रै गीत चर्चाको शिखरमा पुगिसकेका छन। हरेक बिधामा अब्बल गायक कृष्ण यतिबेला देश देखि बिदेश सम्मका मेला महोत्सब, कार्यक्रहरुमा भ्याइनभ्याई छन।