Print this page

शितल शर्माको "नमुना जोडी" बजारमा

 20428196 1582081445158607 1171648560 n

सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली "नमुना जोडी " सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फ्ल्म्सले गरेको छ l  

जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् l  आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्द हरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ l  

बुटवलकै कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूज ले नै नृत्य निर्देशक को भूमिका निभायका छन र सगुन शर्माको श्रीन्गार रहेको छ l  बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ l राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ l  

आजै मात्रै सार्बजनिक भएको "नमुना जोडी " हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

https://youtu.be/IadkfJv0EiA