(इन्जिनियर राकेश कार्की - लस एन्जेलस)
कविता
२०७४ को नयाँ साल
भूकम्प पीडितको टेन्ट देखि
प्रधान मंत्रीको महलसम्म
भोकाएको गरीबको पेट देखि
पार्टी भोज चहलपहलसम्म
जोड्दै जोड्दै संपूर्ण नेपाल
आयो २०७४ को नयाँ साल
छरिरहेछ एउटा नयाँ आशा
उज्यालिदैछ एउटा नयाँ बिहानी
अघिबढिरहेको जीवनक्रममा
विश्वसीलो एउटा नयाँ जिन्दगानी
बाड्दै आयो मति, ज्ञान र चेतना
सबैलाई नयाँ सालको शुभकामना
रोपेर हृदयमा सहयोगको भावना
दीन दु:खी प्रति स्नेह जगाई
उमारेर सच्चा कर्म, मानव धर्म
क्रोध, अहं र द्वेष भगाई
नयाँ विश्वासमा तराई देखि हिमाल
शुभ होस् २०७४ को नयाँ साल