काठमाडौं १९ पुस । नेपाली रङ्गमञ्च तथा टेलिसिरियलका चर्चित अनि बरिष्ठ कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ ) को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका उनको विर अस्पतालमा निधन भएको हो ।रंगमञ्चमै ढलेपछि तत्काल वीर अस्पताल पुर्याईएका फुयाँलको उपचारमा संलग्न चिकित्सकले निधनको पुष्टि गरेका थिए । अहिले अस्पताल परिसरमा रंगकर्मीको घुईंचो लागेको छ ।
फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र बताईएको छ । केहि महिना पहिले बन्द भएको चर्चित हाँस्य सिरियल 'तितोसत्य' मा फुयाँलले निभाएको 'यो माई लभ' पात्र निकै चर्चामा थियो । उनि पछिल्लो केहि बर्षयता बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए ।
फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ । परिवारका सदस्य मध्ये एक छोरा विदेशमा रहेका र अर्का दुई छोरा नेपालमै रहेपनि फुयाँल भने एक्लै बस्दै आएका थिए ।