Print this page

आज सोनाम ल्होसार मनाइदै

७ माघ, काठमाडौँ । आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले सोनाम  ल्होछार मनाउदै छन्। बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायले आज आफ्नो सांस्कृतिक पर्व नयाँ वर्ष ल्होछार मनाउन लागेका हुन्।  हरेक माघ शुक्ल प्रतिपदाका दिन मनाईने सोनाम ल्होछारको लागि सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्बजनिक बिदा समेत दिदै आएको छ । ल्होछारका अवसरमा साथीभाई तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदान(प्रदान गर्ने गरिन्छ। आजै टुँडिखेलमा ल्होसार कार्यक्रम समेत हुँदैछ ।

यसै अवसरमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री  शुशिल कोइराला, लगायत विभिन्न दलका नेताहरुले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा शुभकामना ब्यक्त गरेका छन् ।